नवौं खेलकुद : आर्मी र एपीएफ पुरुष फुटबलको स्वर्णका लागि भिड्ने
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : १६
विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।
एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए । आजै भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना