धादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा भीम गुरुङमाथि खुकुरी प्रहार
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : १०
धादिङको नीलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा भीम गुरुङमाथि खुकुरी प्रहार भएको छ । नीलकण्ठ नगरपालिका–४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डीएसपी) श्याम खत्रीले खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरुको टीम पठाएको जानकारी दिए । रातोपाटीसँग डिएसपी खत्रीले भने, खुकुरी प्रहार गरेको कम्प्लेन आएको छ, अनुसन्धान गर्न अफिसरहरू फिल्डमा छन् ।’
भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले खुकुरी प्रहार गरेको पीडितका आफन्तले जिकिर गरेका छन् । राधे तरुण दलको उपाध्यक्ष हुन् । खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण