धादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा भीम गुरुङमाथि खुकुरी प्रहार
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : १०

धादिङको नीलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा भीम गुरुङमाथि खुकुरी प्रहार भएको छ । नीलकण्ठ नगरपालिका–४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डीएसपी) श्याम खत्रीले खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरुको टीम पठाएको जानकारी दिए । रातोपाटीसँग डिएसपी खत्रीले भने, खुकुरी प्रहार गरेको कम्प्लेन आएको छ, अनुसन्धान गर्न अफिसरहरू फिल्डमा छन् ।’
भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले खुकुरी प्रहार गरेको पीडितका आफन्तले जिकिर गरेका छन् । राधे तरुण दलको उपाध्यक्ष हुन् । खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन