चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : ००

चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव वहिस्कारको नारासहित वाल पेन्टिङ गर्नेक्रममा भक्तपुर र मकवानपुरबाट गरी तीन जना पक्राउ परेको नेकपा बहुमतका एक नेताले बताए ।
प्रहरीले भक्तपुर थिमीमा वाल पेन्टिङगरी रहेको अवस्थामा रोजन ढकाल पक्राउ परेका हुन् । ढकाल भक्तपुर जिल्लामा नेकपा बहुमतका इन्चार्ज हुन । यस्तै मकवानपुरको हेटौंडामा वाल पेन्टिङगरी रहेको अवस्थामा हिमबहादुर खड्का र विक्रम मगर पक्राउ परेका छन् । खड्का मकवानपुर जिल्ला इन्चार्ज र मगर जिल्ला संयोजक हुन । नेकपा बहुमतले चुनावमा सहभागी नहुने भन्दै बहिस्कार गर्ने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ता चुनाव विरोधी गतिविधि गरेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै
-
कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया– 'विनाशकाले विपरीत बुद्धि'
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
ग्रुप च्याट लिक : हुथी विद्रोहीविरुद्ध ह्वाइट हाउसको आक्रमण योजना पत्रकारले थाहा पाएपछि...
-
विश्वकप छनोटमा इंग्याल्याण्डलाई दोस्रो सफलता
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल