वैदेशिक रोजगारीमा गएकाहरुलाई घर फर्किन कोका–कोलाको सहयोग

करिब साढे ३० लाख नेपाली वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । तीमध्ये एकदमै थोरै मात्र हरेक वर्षको दसैंमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरि कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् ।
नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ । ‘सम्बन्ध उत्सव स्वाद’सँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई नेपाल ल्याएको हो ।
यसरी घर फर्कन नपाउनेमध्ये एक हुन्, कान्छी माया तामाङ्ग । स्वदेश फर्किन पाएकामा खुसी व्यक्त गर्दै उनले भनिन्, “११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैं र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साह्रै पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।”
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सम्बन्धहरूमा विश्वास गर्ने भन्दै खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरूलाई अझै नजिक बनाएर म्याजिक छर्न छरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि