आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी नायव निरिक्षक पराजुली पुरस्कृत

मङ्गलबार, ०१ कात्तिक २०७९, १५ : ४७
मङ्गलबार, ०१ कात्तिक २०७९

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश पराजुली सम्मानित भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा  बागमती प्रदेश प्रहरी कार्यालयकी डिआईजी किरण बज्रचार्यले उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।

प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गरेर उनले व्यावसायिकता प्रदर्शन गरेर ‘उत्कृष्ट कार्यालय व्यवस्थापन’ गरेको हुनाले पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा डिआईजी बज्रचार्यले उनलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप