प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन तयार छु : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।
निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै उनले आफू त्यसका लागि तयार रहेको बताएका छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू