हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए ।
‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण्डन गर्नुपर्छ । यो गठबन्धन प्रकृति हो वा अप्राकृतिक हो यो प्रश्न खडा हुन्छ । त्यसपछि काउन्टर प्रश्न तेर्स्याउनुपर्छ ।’
यो गठबन्धन २/२ पटक संसद् विघटन गरेर संविधान कुल्चने प्रवृत्ति भएपछि तालमेल गरिएको नेपालले बताए । ‘हाम्रो गठबन्धन संविधानको रक्षाका लागि बनाएको हो । २ पटक संविधान कुल्चिने काम भयो । मुलुकलाई स्थिरतातिर लग्ने काम भयो । त्यसपछि संविधान जोगाउन गठबन्धन बनायौं । संविधान मात्रै जोगाएनौँ लोकतन्त्र जोगायौँ । मुलुक अधिनायकवादतिर जान खोज्दै थियो । संविधानको आफूखुसी व्याख्या गर्न थालिएको थियो । गणतन्त्र मासिन थालिएको थियो त्यसलाई जागायौं’, नेपालले भने । यो देशलाई सुशासनको प्रत्याभूति दिन गठबन्धन गरिएको नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न