शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु

मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : २२
मङ्गलबार, ०१ कात्तिक २०७९

उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिए । यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘उत्तराखण्डमा भएको हेलिकप्टर दुर्घटनाबाट दुःखी भएको छु । दुःखको यस घडीमा, यस दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग मेरो समवेदना छ ।’

राष्ट्रपति द्रौपदी मुर्मूले हेलिकोप्टर दुर्घटनामाथि दुःख जताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप