भारोत्तोलनमा जुनमायालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितिन् ।
यस्तै, एपीएफकि सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।
यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौथो स्वर्ण दिलाएकी हुन् ।
यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।
प्रतियोगितामा मंगलबार कुल ६ स्वर्णको छिनोफानो हुँदैछ । हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्षस्थानमा छ । पुलिसले हालसम्म ५ स्वर्ण, आर्मीले ४ र सुदूरपश्चिमले १ स्वर्ण जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त