पुरानो म्याटमा भलिबल खेलाउँदा खेलाडी घाइते
मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : ०१

नवौँ राष्ट्रिय खेलकुदमा पुरानो म्याटमा भलिबल खेलाउँदा एउटै खेलमा तीन खेलाडी घाइते भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा तीन खेलाडी घाइते हुँदा खेल अवरुद्ध भएको छ ।
प्रतियोगिताअन्तर्गत एपीएफ र लुम्बिनी प्रदेशबीचको खेलमा मंगलबार तीन खेलाडी घाइते भएका हुन् । एपीएफका रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए । जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरू घाइते भएका थिए । घाइते खेलाडीको प्राथमिक उपचार भइरहेको छ ।
केही दिनअघि गण्डकीका प्रेम कुमाल पनि यसैगरी घाइते भएका थिए । अहिले म्याट हटाएर खेल खेलाउने तयारी हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले साताव्यापी कार्यक्रम गर्ने
-
मन्त्रालयले हटाएन बर्खास्तमा परेका ऊर्जा राज्यमन्त्री तामाङको नाम
-
२३ औँ दिनमा शिक्षकहरूले गरेर सडक आन्दोलनमै रक्तदान
-
सरकार धेरै समय नटिक्ने निष्कर्षमा माओवादी, देउवा पर्खिँदै प्रचण्ड
-
फवाद खानको प्रतिक्रिया : पहलगाम आक्रमण घिनलाग्दो
-
कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी