बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

निगमद्वारा कोषलाई तिर्नुपर्ने ऋणको ७३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी

मङ्गलबार, ०१ कात्तिक २०७९, १७ : ४१
मङ्गलबार, ०१ कात्तिक २०७९

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
 निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता  गणेश कुमार घिमिरेले जानकारी दिए । 

विगत तीन वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकामा निगमको सुधारबाट आम्दानीमा बृद्धि भएपछि किस्ता तिर्न सकिएको निगमको भनाइ छ । 
साउन ३१ गते पछिल्लो भुक्तानीअघि असार ३० गते पनि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप