सार्वजनिक सडक मिचेको आरोपमा गायिकामाथि कुटपिट
मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : १३

ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् ।
महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।
कुटपिट गर्नेहरु र पीडित गायिकाको बीचमा छलफल गराउने प्रयास गरिएपनि सोमबार उनी उपस्थित नभएको प्रहरी वृत सातदोवाटोका डिएसपी मदन केसीले रातोपाटीलाई बताए । उनले भने–‘अर्को पक्षले हामीकहाँ निवेदन दिएका छन्, पीडित पक्षलाई हामीले सम्पर्कमा आउन भनेका छौं ।’
गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह