शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सार्वजनिक सडक मिचेको आरोपमा गायिकामाथि कुटपिट

मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : १३
मङ्गलबार, ०१ कात्तिक २०७९

ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् । 

महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।
 
कुटपिट गर्नेहरु र पीडित गायिकाको बीचमा छलफल गराउने प्रयास गरिएपनि सोमबार उनी उपस्थित नभएको प्रहरी वृत सातदोवाटोका डिएसपी मदन केसीले रातोपाटीलाई बताए । उनले भने–‘अर्को पक्षले हामीकहाँ निवेदन दिएका छन्, पीडित पक्षलाई हामीले सम्पर्कमा आउन भनेका छौं ।’ 

गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप