बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ४६
मङ्गलबार, ०१ कात्तिक २०७९

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ भेट गरी सो माग गरेको हो । 

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरु सहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो । केही दिन अघिको वर्षातको कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्थामा छ । 

पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका बेला हवाई सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासो समेत गरे । उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल गर्न सरकारसँग माग गरिएको बताए । 

यता, मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी २ वटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिएका थिए ।  निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासन समेत उनले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप