बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमिताभ बने वर्षकै व्यस्त अभिनेता

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ४०
मङ्गलबार, ०१ कात्तिक २०७९

‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८० औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । 

यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगणभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यस्ता छन् अमिताभले यो वर्ष अभिनय गरेका चलचित्रहरु : 

झुण्ड
अमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो । यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो ।

रनवे २४
‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए । यो फिल्ममा उनले विमान दुर्घटना प्रमुख ९एएआईबी०को भूमिका निभाएका थिए । फिल्मको सेकेन्ड हाफबाट उनले दमदार अभिनय प्रस्तुत गरेका थिए ।

ब्रह्मास्त्रः पार्ट वन शिवा
अमिताभ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन शिवा’ मा पनि देखिए । यसबाहेक उनी आर बाल्कीको फिल्म ‘चुपः ए रिवेन्ज अफ आर्टिस्ट’मा केमियो भूमिकामा देखिए ।

गुडबाय
अमिताभको अभिनय रहेको फिल्म ‘गुडबाय’ हालै रिलिज भयो । फिल्मबाट अमिताभले राम्रो तारिफ पाइरहेका छन् । उनी यसै वर्ष सुरज बडजात्याको फिल्म ‘उचाइ’ मा पनि व्यस्त भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप