खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ०७

खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ ।
प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् ।
यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल