कलाकार रामचन्द्र अधिकारी 'काजी साप' अस्पताल भर्ना
सोमबार, ३१ असोज २०७९, २१ : ३३

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी 'काजी साप' अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसियुमा भर्ना गराएका हुन् ।
६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए ।
फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा काजी सापको भूमिकाबाट चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वस्तु तथा सेवा खरिदमा ठगिनुभयो ? अब सिधै उपभोक्ता अदालत जानुहोस्
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
-
‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
-
‘विद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’
-
तीर्थको शतक, आर्मीको अपराजित यात्रा जारी
-
राजावादीको प्रदर्शनले झस्केका छैनौँ : प्रचण्ड