नवौं खेलकुद : शारीरिक सुगठनमा नेपाली सेना टिम च्याम्पियन
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी शारीरिक सुगठन प्रतियोगितामा नेपाली सेना ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जितेका हुन् ।
उनले एपिएफका राकेश श्रेष्ठलाई पछि पार्दै स्वर्णमा आफ्नो नाम लेखाएको हुन् । नेपाल पुलिसका रत्न सुन्दर नायकुसीले तृतीय स्थान प्राप्त गर्दै कास्य पाए । ८० केजीमाथिको तौल समूहमा नेपाली सेना, लुम्बिनी र एपिएफले स्वर्ण रजत र कास्य जिते । सेनाका उमेश राईले स्वर्ण जिते । धर्मश्री बिजेता उनी मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपका पनि समूह विजेता हुन् ।
लुम्बिनीका बिष्णु निशाद र एपिएफका आदित्य ठाकुर दोस्रो र तेस्रो भएका हुन् । स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशले स्वर्ण जित्यो । गण्डकीका प्रदीप रेग्मीले नेपाल पुलिसका सुकदेव कार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । यस्तै एपिएफका किरण सुवालले रजत जिते । १७० सेमीमाथिको विधामा प्रदेश १ ले बाजी मा¥यो । औतार श्रेष्ठले प्रदेश १ का लागि स्वर्ण जितेका हुन् । एपिएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डङ्गोलले कास्य पाए ।
महिला मोडल फिजिक तर्फ नेपाली सेनाकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कास्य जिते । महिला शारीरिक सुगठनमा एपिएफकी पुजा श्रेष्ठले बाजी मारिन् । उनले सेनाकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् । प्रदेश १ की रजनी श्रेष्ठले कांस्य जितिन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास