शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

सोमबार, ३१ असोज २०७९, १९ : १५
सोमबार, ३१ असोज २०७९

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सोमबार दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जिते । यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए ।

टीकामायाले ‘स्न्याच’ विधामा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । नेपाली सेनाका प्रभा थारूले ‘न्याच’मा ५८ र ‘क्लिन एण्ड जर्क’मा ७१ गरी कुल एक सय २९ केजी भार उठाउँदै रजत पदक जित्दा लुम्बिनी प्रदेशका कृष्णकला विष्टले कास्य पदक जिते । उनी ‘स्न्याच’तर्फ ५६ र ‘क्लिन एण्ड जर्क’मा ७२ गरी कुल एक सय २८ केजी तौल उठाउन सफल भए ।  प्रतियोगितामा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा दोस्रो दिन चार स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजीतौल समूहमा खेल हुनेछ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन भारेत्तोलनको प्रतिस्पर्धामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०–१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ खेलाडीले भाग लिएकामा प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप