मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष  तिमल्सिना बेलायतमा

सोमबार, ३१ असोज २०७९, १८ : ४३
सोमबार, ३१ असोज २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो विमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए । 

तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कलाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप