सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मीलनकाे ट्रेलर : सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड

सोमबार, ३१ असोज २०७९, १८ : १७
सोमबार, ३१ असोज २०७९

 फिल्म ‘मीलन’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा सलोन, कुशल र शिल्पाबीचको प्रेम र बिछोड देखाउन खोजिएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्म त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको हो । सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र विशाल पहाडीको मुख्य भूमिका फिल्ममा छ । फिल्मबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् । कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको फिल्म मध्य ‘मीलन’ पनि पर्ने बताए । 

नव अभिनेता कुशल शाह र नवअभिनेत्री शिल्पा थापाले ‘मीलन’ मिलनको अवसर दिएकोमा निर्माण युनिट प्रति आभार व्यक्त गरे । उनीहरुले फिल्मबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । निर्माता प्रविन थापाले विशेष गरी युवापुस्ताका लागि मनपर्ने फिल्म बनाएको बताए । कार्यक्रममा निर्देशक तथा कलाकार शोभित बस्नेत, पुन्य गौतम लगायतको उपस्थिती थियो । फिल्ममा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको छायांकन काठमाडौं र कालिन्चोकमा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप