आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साधन स्रोतका हिसाबले कर्णालीमा प्रहरी कमजोर छ : मन्त्री शाही

सोमबार, ३१ असोज २०७९, १७ : ४३
सोमबार, ३१ असोज २०७९

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधन स्रोतका भरमा प्रभावकारी काम गरेको उल्लेख गरे । 

‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउन आवश्यक छ, तिनलाई प्रभावकारी बनाउन साधान स्रोत सम्पन्न बनाउनु छ ।’ मन्त्री शाहीले प्रहरीसँग पर्याप्त साधनस्रोत नै छैन्, कसरी काम गर्ने ? भन्दै प्रश्न समेत गरे । 

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समाजमा सुरक्षा चुनौती बढिरहेको बताउँदै प्रहरी थप सचेत, सबल र सक्षम हुनुपर्नेमा जोड दिए । प्रहरीले व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ । दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले सामाजिक विकृति, विसंगती, अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले थुप्रै प्रयास गरेको बताए । उनले प्रहरीले गत आर्थिक वर्षमा समुदाय प्रहरी साझेदारी अन्तर्गत एक हजार ७२ कार्यक्रम गरिएको बताए ।

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साह पुरस्कृत भएका छन् । प्रदेशमै उत्कृष्ट कार्य गरेको भन्दै डीएसपी साह पुरस्कृत भएका हुन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले डिएसपी साहलाई पुरस्कार प्रदान गरेका छन् ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । उक्त अवसरमा सोसेक नेपाल सम्मानित भएको छ । दैलेख जिल्लामा घटेका बाल विवाह, बहुविवाह, घरेलु हिंसा, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, पीडित महिला, बालबालिकाका लागि तत्काल निशुल्क कानूनी परामर्श, पुनःस्थापनामा सहयोग पुर्याएको भन्दै प्रहरीले संस्थालाई कदरपत्रसहित सम्मान गरेको हो ।

त्यसैगरी, प्रहरी चौकी लालीकाँडाको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्ने महेन्द्रबहादुर डाँगी र जग्गा प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीलाई सम्मान गरिएको छ । अमर प्रहरीका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप