बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूले ल्यायो चाडवाड लक्षित २५% सम्मको नगद फिर्ता योजना

सोमबार, ३१ असोज २०७९, १७ : ३०
सोमबार, ३१ असोज २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार  गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस नगद फिर्ता योजना  कार्तिक १ गते मंगलबारबाट कात्तिक ६ गते आइतबारसम्म रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगद फिर्ता पाउनेछन् ।  

उक्त नगद फिर्ता योजना अन्र्तगत बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगद फिर्ता पाउने बैंकले जनाएको छ ।  बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप