नवौं खेलकुद : महिला क्रिकेटको स्वर्णका लागि एपीएफ र पुलिस भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पुलिसले ३६ रनले हराउँदै फाइनल पुगेको हो ।
पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २३ को योगदान गरिन् । त्यस्तै कप्तान अस्मिना कर्माचार्यले १८ रन बनाउँदा आरती बिडारीले अविजित ११ रन जोडिन् ।
पुलिसका लागि कविता कुँवरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै ईश्वरी बिष्टले दुई विकेट लिइन् । पुलिसकी कप्तान रुबिना क्षेत्री र संगिता राईले समान एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक ४६ रनको योगदान गरिन् । त्यस्तै कविता कुवँरले २६ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले अविजित १७ रन जोडिन् । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य, सुमन खतिवडा र खुसी डंगोलले समान एक÷एक विकेट लिए ।
अब पुलिसले स्वर्ण पदकका लागि अर्को विभागीय टिम एपीएफ क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी