भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे
सोमबार, ३१ असोज २०७९, १६ : ३१

रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् ।
उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो । १८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै राखिएको भन्दै यसअघि बाल सुधारगृहका बन्दीले विरोध जनाएका थिए । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरी प्रमुख रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती