मानवशास्त्री ओम गुरुङको निधन
सोमबार, ३१ असोज २०७९, १६ : ३०

मानवशास्त्री प्राडा डा.ओम गुरुङको निधन भएको छ । ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।
मृगौला फेल भएपछि गुरुङले ट्रान्सप्लान्ट गरेका थिए । त्यसपछि उनलाई क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै आएको गजुरेलले बताए । गुरुङ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार संयोजक थिए ।उनी आदिवासी जनजाति महासंघको महासचिवको समेत भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक
-
पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेलेपछि एसिया कप आयोजनाको अधिकार गुमायो भारतले
-
साताको सेयर बजार : पुनर्बीमाले थामेको बजारलाई मौद्रिक नीतिको साथ
-
पशुपतिनाथ मन्दिर परिसरबाट मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
-
मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड
-
आठ अग्रज कविका कवितासँगै ‘काठमाडौँ उत्सव’ सुरु