सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, कारोबार ५१ करोडमा खुम्चियो

सोमबार, ३१ असोज २०७९, १५ : ३१
सोमबार, ३१ असोज २०७९

साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन अर्थात आइतबार नेप्से सूचक दोहोरो अंकले घटेको बजार सोमबार २.६१ अंकले घट्दै १८५८.३३ अंकमा झरेको हो । यद्यपि, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने सामान्य (०.२० अंक) ले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

तर, कारोबार रकम भने आज अनपेक्षित रुपमा घट्न पुगेको छ । नेप्सेका अनुसार २ अंकले घटेको बजारमा आज जम्मा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यस दिन डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् । भने, बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, नन् लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् । 

आज अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले ९.९७ प्रतिशतले गुमाउन पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप