नवौं राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ ।
सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार दिउँसोसम्म ८७ स्वर्णपदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्णसहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ ।
यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यपदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।
आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक हात पारेको छ । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए)ले चार स्वर्ण, तीन रजत र चार कास्यसहित ११ पदक जितेको छ ।
यसैगरी मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्यसहित आठ पदक ल्याउँदा प्रदेश नं १ ले एक स्वर्ण, चार रजत र १३ कास्यसहित १८ पदक जितेका छन् । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र आठ कास्यसहित १० पदक जित्दा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले हालसम्म स्वर्णपदक ल्याउन सकेका छैनन् ।
लुम्बिनीले छ रजत र चार कास्यसहित १० पदक ल्याउँदा कर्णाली प्रदेशले एक कास्यपदक मात्र जितेर पदक तालिकाको पुछारमा छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त