आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठ्ठाघरमा लुट्न गएका २ जना पेस्तोलसहित पक्राउ

सोमबार, ३१ असोज २०७९, १४ : ४९
सोमबार, ३१ असोज २०७९

भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास छन् ।

भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा घरबाट धनमाल डाँका गरेर लगेको आरोप छ । उनीहरुलाई ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा उनीहरुसहित ४ जना लुट्न गएका थिए । सो लुटको योजना अमरबहादुर मगरले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अमर ४ वर्ष डाँका चोरी मुद्दामा ४ वर्ष जेल बसेर छुटेका हुन् । 

२०७६ पुसमा जेलमुक्त भएपछि उनी फेरि लुटपाटमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप