गठ्ठाघरमा लुट्न गएका २ जना पेस्तोलसहित पक्राउ
भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास छन् ।
भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा घरबाट धनमाल डाँका गरेर लगेको आरोप छ । उनीहरुलाई ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा उनीहरुसहित ४ जना लुट्न गएका थिए । सो लुटको योजना अमरबहादुर मगरले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अमर ४ वर्ष डाँका चोरी मुद्दामा ४ वर्ष जेल बसेर छुटेका हुन् ।
२०७६ पुसमा जेलमुक्त भएपछि उनी फेरि लुटपाटमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण