आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे । उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरूमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिक समक्ष पहुँच भएको संस्था रहेको बताए ।
उनले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिब २६ लाखभन्दा बढीसँग भर्चुअली जोडिएको बताए । उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता सङ्ख्यामा १७ प्रतिशतले वृद्धि भएको पनि बताए । उनले संगठित अपराध (कर्तव्य ज्यान) लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको बताए । महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरू पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने साहसका लागि सक्षम भएको विश्लेषण गरेको बताए ।
उनले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यस वर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानुनी कारबाही चलाएको बताउनु भयो । महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानुनी दायरामा ल्याएको बताए ।
उनले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठुलो परिणाममा बरामद भएको हिरोइन रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्षको राजश्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताए । उनले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे ।
महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तर निकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण