‘मैले क्लब छाड्छु भनेको छैन’
सोमबार, ३१ असोज २०७९, ११ : ५२

पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एम्बाप्पेले आगामी जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि नभनेको बताएका छन् । २३ वर्षीय फ्रान्सका खेलाडीले गत मे महिनामा क्लबसँग ३ वर्षको नयाँ करार गरेका थिए ।
सन् २०१८ को विश्वकप विजेता एम्बाप्पे यसअघि रियल मड्रिड जाने चर्चा चलेको थियो । आइतबार मार्सेविरुद्ध १–० को जीत निकाल्दा नेयमारका लागि गोलको अवसर सिर्जना गरेपछि उनले भने, ‘म निकै खुसी छु । मैले जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि भनेको छैन ।’
मंगलबार पीएसजीको च्याम्पियन्स लिगमा बेनफिका विरुद्धको खेल विरुद्ध एम्बाप्पेले क्लब छाड्न चाहेको रिपोर्टहरू सार्वजनिक भएका थिए । ‘मलाई थाहा छैन किन यस्ता रिपोर्ट प्रकाशित भए । म अरू जस्तै आश्चर्यचकित थिएँ । म यसमा संलग्न छन् भन्लान् तर म थिइनँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम