आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन

नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ट रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो ।
धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ । त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ ।
नेप्सेमा आइतबार कार्यालय समयसम्म ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन् । सेबोनको संशोधित विनियमावली अनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान