सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी पर्यो आवेदन
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.५५ गुणा बढी आवेदन हो ।
सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने ब्यवस्था पनि थियो । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको विदेशी मुद्रा सञ्चिति ५.६९ अर्ब अमेरिकी डलरले घट्यो
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
-
बागमती प्रदेशमा सीटीईभीटीका दुई संरचना
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु