नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।
यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११–९, ८–११, ११–९, ९–११ र ७–११ को २–३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।
यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।
प्रदेश नं १ लाई ११–५, ११–६, ११–७ को ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११–७, १३–११, १०–१२, ९–११ र ११–१७ को ३–२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता