गठबन्धनको बैठक बस्दै, शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने

आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।
‘बागी उम्मेदवारी दिएकाहरुले कसले फिर्ता गरे र कसले गरेनन् भन्नेमा छलफल हुन्छ र फिर्ता नगर्नेलाई कारवाही आआफ्नो पार्टीले कडा कारवाही गर्नुपर्ने हुन्छ, त्यही विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो’, भुसालको भनाइ छ ।
त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो