आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा तीन दिनसम्म दानपेटिकाको रकम गनिँदै

सोमबार, ३१ असोज २०७९, ०९ : ४९
सोमबार, ३१ असोज २०७९

 रुपन्देहीको लुम्बिनीमा दानपेटिकाको भेटी रकम गन्ने काम शुरु गरिएको छ । लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दान पेटिका खोलिएको हो । 

आर्थिक वर्ष ०७९/८० शुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खोलिएको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीन दिनसम्म चल्ने विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको बताए ।

राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी, र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितिमा दानपेटिका खोलिएको हो । भेटी गणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । २४ जना गणकहरुको उपस्थितिमा भेटी गणना गरिएको लेखा शाखाका विकास लामाले बताए ।  

यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरिक आम्दानी बाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप