बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नको गोल वर्षा

सोमबार, ३१ असोज २०७९, ०९ : ३९
सोमबार, ३१ असोज २०७९

बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५–० को सहज जित निकालेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक-एक गोल गरे । 

जितसँगै बायर्न १० खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्ष स्थानमा छ । फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप