आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तीर्थ थापाको प्रश्न : कांग्रेसमा अन्याय हुँदा गगन र विश्व किन बोलेनन् ?

सोमबार, ३१ असोज २०७९, ०८ : ४६
सोमबार, ३१ असोज २०७९

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि पोखेका छन् । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले टिकट दिँदा सांकृतिकर्मीलाई समेट्न नसकेकामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठाएका हुन् ।

‘नेपाली कांग्रेस जस्तो समावेशी र समानुपाति सिद्धान्त मजबुद बनाउन जन्मिएको पार्टीले मंसिर ४ को निर्वाचनमा सांस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व हुने गरेर कसैलाई पनि समेट्न सकेन, त्यो सक्नुपथ्र्यो,’ थापाले भने ‘सबैको प्रतिनिधित्व भएको स्थानमा साँस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व नहुनु भनेको अन्याय नै हो ।’

टिकटबाट सांस्कृतिककर्मी छुट्नुमा पार्टी सभापति शेरबहादुर देउवाको नभइ महामन्त्री थापा र शर्मा दोष रहेको उनले बताए । ‘यो निर्वाचनमा सांस्कृतिककर्मी छुट्नुको दोष पार्टी सभापति शेरबहादुर देउवालाई दिन्नँ । त्यो दोष महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको हो,’ उनले भने ।

उनले दुरदर्शी सोच नभएका महामन्त्रीले भोलि देश कसरी चलाउन भन्दै  थापाले प्रश्न समेत उठाए । 

थापाको भन्छन् 

कांग्रेस समावेशी र समानुपातिक सिद्धान्त मजबुद बनाउन जन्मिएको पार्टी हो । यो देशलाई दुर्घटनामा जानबाट बचाउन हरेक पटक यो पार्टीले ठुलो भुमिका निर्वाह गर्दै आएको छ । त्यस्तो पार्टीले अगामी मंसिर ४ को निर्वाचनमा एउटा बर्गलाई नै छुटाएको छ । पार्टीले साँस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व हुने गरेर कसैलाई पनि समेट्न सकेन, त्यो सक्नुपथ्र्यो । साँस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व नहुनु भनेको अन्याय हो । प्रतिनिधित्वको रुपमा पनि साँस्कृतिक संघबाट एउटा ब्यक्ति भएपनि पर्नुपथ्र्याे । यसको दोष म पार्टी सभापति शेयरबहादुर देउवालाई दिन्न ।

पछिल्लो समय पार्टी धान्ने युवाको रुपमा देखिएका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा जस्ता ब्यक्तिको ध्यान यसतर्फ नजानु भनेको एउटा दुःखद कुरो हो । जनताले उनीहरु प्रति ठुलो विश्वास गरेका छन् । दुरदर्शी सोच नभएका महामन्त्रीले भोली कसरी देश चलाउँछन् । एउटा क्षेत्र शुन्य हुँदा उनीहरुले आवाज उठाउनुपर्दैन । उनीहरुले आफ्नो लागि मात्र गर्ने हो र ?। कांग्रेसको सिद्धान्तमा त्यो त छैन । म सास्कृतिक संघको सभापति भएको हिसावले मेरो गुनासो यो हो । मलाई यही कुरोमा दुःख लागेको छ ।


नेपाली कांग्रेस र गठबन्धनका नेताहरु जिताउनुपर्छ भनेर म अहिले पनि लागि रहेको छु । चुनावमा गठबन्धनमा नतिजा निकाल्न म प्रचार सामाग्री लगायत बिभिन्न क्रियाकलापमा जुटिसकेको छु । बिभिन्न साथीहरु परिचालक सरसल्लाह भइरहेको छ । पार्टीले बेवास्ता गर्दा पनि हामी पार्टी प्रति भने बफादार छौँ । तर साँस्कृतिक क्षेत्र भन्ने केही होइन भन्दा दुःख लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप