बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित
नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।
कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।
कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ ९२० मा भरतकुमार शाही, ३ ९२० का गोविन्दराज जोशी, ३ ९२० कै लक्ष्मण शाही र ४ ९२० की भगवती पाठक रहेकी छन् ।
यस्तै भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीबाट निष्कासित भएका छन् । त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एनिमेटेड फिल्म नयाँ रेकर्ड बनाउने बाटोमा
-
अर्धवार्षिक समीक्षा कमजोर भएपछि कर्णालीका कृषिमन्त्रीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता
-
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ
-
नेपालमा सुशासन र भ्रष्टाचारको अवस्था
-
फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी