बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

रुपैयाँ कमजोर भएको छैन, डलर बलियो भएको छ : निर्मला सीतारमण

आइतबार, ३० असोज २०७९, २२ : २३
आइतबार, ३० असोज २०७९

भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले डलरको भाउ बढिरहेको बेला भारतीय रुपैयाँले आफ्नो मूल्य कायम राखेको बताएकी छन् । उनले भनिन्, ‘यदि हामीले सबै आधारभूत पक्षहरुलाई ध्यान दिएर हेर्छौं भने भारतको अर्थतन्त्र बलियो छ र मुद्रास्फीति बाँकी विश्वको तुलनामा कम छ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वासिङ्टनमा भएको बैठकपछि निर्मला सीतारमणले अहिले मुद्रास्फीति सुधार गर्न सकिने स्तरमा रहेको बताइन् । अर्थमन्त्रीले भनिन्, ‘भारतीय अर्थतन्त्र राम्रो अवस्थामा छ। समस्टिगत आर्थिक आधारहरू पनि ठीक छन्। विदेशी मुद्रा पनि राम्रो अवस्थामा छ। त्यसैले म बारम्बार भन्छु कि मुद्रास्फीति अहिले जहाँ छ, त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।’

एक प्रश्नको जवाफमा उनले मुद्रास्फीतिलाई ६ प्रतिशतभन्दा तल ल्याउने प्रयास गर्ने र त्यसका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताइन् । निर्मला सितारमणले टर्की जस्ता देशमा मुद्रास्फीति दोहोरो अंकमा रहेको बताइन् । बाह्य कारणले गर्दा धेरै देशहरू नराम्ररी प्रभावित रहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप