एल क्लासिकोमा बार्सामाथि रियल हाबी
आइतबार, ३० असोज २०७९, २२ : ०७

सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिडले यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । घरेलु मैदानमा ३–१ को जीत निकाल्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १२ औँ मिनेटमा नै कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा फेडेरिको भालभर्डेले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ८३ औँ मिनेटमा लेवान्डोस्कीको पासमा फेरान टोरेसले बार्साका लागि गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीबाट गोल गर्दै रियलको जित सुनिश्चित गरे । ९ खेलपछि ८ खेलमा जीत र १ मा बराबरी गर्दै रियल २५ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजयपछि २२ अंकसहित बार्सा दोस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म