‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्रीद्वारा आत्महत्या, सुसाइड नोट अध्ययन गर्दै प्रहरी
टिभी अभिनेत्री वैशाली ठक्करको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्दौरमा बस्ने टिभी सिरियल कलाकार वैशाली ठक्करले आइतबार बिहान आफ्नो इन्दौरको घरमा झुन्डिएर आत्महत्या गरेकी छन् । इन्दौरका एसीपी मोतिउर रहमानले ठक्करको सुसाइड नोट प्रहरीले बरामद गरेको बताए । नोटमा पढ्दा उनको पूर्व प्रेमीले उनलाई दुःख दिएको देखिन्छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
वैशालीले आत्महत्या गरेको खबर आएपछि अभिनेत्रीका सबै फ्यान र साथीहरू स्तब्ध छन् । आत्महत्या गर्नुभन्दा पाँच दिनअघि वैशालीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी थिइन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरीले वैशालीको शव पोष्टमार्टमका लागि पठाएको छ । उनले आफ्नो करियर स्टार प्लसको सिरियल ‘ये रिश्ता क्या कहलाता है’ बाट सुरु गरेकी थिइन् । उनले यस सिरियलमा सन्जनाको भूमिका निभाएकी थिइन्, जसबाट उनी निकै चर्चित भइन् ।
वैशाली अन्तिम पटक टिभी शो ‘रक्षा बन्धन : रसाल अपने भाइकी ढाल’ मा देखिएकी थिइन् । भाइ र बहिनीको कथामा आधारित यस शोमा वैशालीले कनक सिंह ठाकुरको भूमिका निभाएकी छिन् । –अमर उजालाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे