बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्रीद्वारा आत्महत्या,  सुसाइड नोट अध्ययन गर्दै प्रहरी

आइतबार, ३० असोज २०७९, २१ : ३७
आइतबार, ३० असोज २०७९

टिभी अभिनेत्री वैशाली ठक्करको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्दौरमा बस्ने टिभी सिरियल कलाकार वैशाली ठक्करले आइतबार बिहान आफ्नो इन्दौरको घरमा झुन्डिएर आत्महत्या गरेकी छन् । इन्दौरका एसीपी मोतिउर रहमानले ठक्करको सुसाइड नोट प्रहरीले बरामद गरेको बताए । नोटमा पढ्दा उनको पूर्व प्रेमीले उनलाई दुःख दिएको देखिन्छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

वैशालीले आत्महत्या गरेको खबर आएपछि अभिनेत्रीका सबै फ्यान र साथीहरू स्तब्ध छन् । आत्महत्या गर्नुभन्दा पाँच दिनअघि वैशालीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी थिइन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रहरीले वैशालीको शव पोष्टमार्टमका लागि पठाएको छ । उनले आफ्नो करियर स्टार प्लसको सिरियल ‘ये रिश्ता क्या कहलाता है’ बाट सुरु गरेकी थिइन् । उनले यस सिरियलमा सन्जनाको भूमिका निभाएकी थिइन्, जसबाट उनी निकै चर्चित भइन् ।

वैशाली अन्तिम पटक टिभी शो ‘रक्षा बन्धन : रसाल अपने भाइकी ढाल’ मा देखिएकी थिइन् । भाइ र बहिनीको कथामा आधारित यस शोमा वैशालीले कनक सिंह ठाकुरको भूमिका निभाएकी छिन् । –अमर उजालाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप