बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२ करोड ६१ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

आइतबार, ३० असोज २०७९, २१ : २३
आइतबार, ३० असोज २०७९

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले नक्सालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ब्रजेश उपाध्याय हुन् । 

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई २ करोड ६१ लाख बिगो रकम जाहेरवाललाई भराउन र सो बराबरको रकम जरिवाना तिराउने फैसला गरेको छ । २०७९ साउन २३ मा भएको सो फैसलापछि उनी फरार थिए । 

प्रतिवादीलाई पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप