माउन्टको दुई गोलमा चेल्सी विजयी
आइतबार, ३० असोज २०७९, २१ : ०७

मेसन माउन्टको दुई गोलको मद्दतले चेल्सीले एस्टन भिल्लालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सी २–० गोलले विजयी भएको हो ।
खेलको छैटौँ मिनेटमा नै टाइरोन मिंग्सको गल्तीको फाइदा उठाउँदै माउन्टले चेल्सीलाई अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे । यो सिजन क्लबका लागि गोल गरेको उनले यो पहिलो अवसर थियो ।
९ खेलपछि १९ अंक बटुल्दै चेल्सी लिगको चौथो स्थानमा रहेको छ । भिल्ला ९ अंकसहित लिगको १६ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?
-
चीनले किन जारी गर्यो ८५ हजार भारतीयलाई भिसा ?
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
-
कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था नाजुक, ९ महिनामा २० प्रतिशतमात्रै खर्च