शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त

आइतबार, ३० असोज २०७९, २० : ४३
आइतबार, ३० असोज २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लब (विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुखित र मर्माहत बनाएको छ । यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धैर्यधारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।'

यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले पनि विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप