अवस्था ठिक नभएका २६ सवारी साधन कारवाहीमा, १५ वटा नियन्त्रणमा
काठमाडौंको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यसैगरी १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
आज दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २६ वटा सवारी साधनलाई कारवाही गरिएको र १५ वटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । आज भएको चेकिङमा १ सय ५५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको थियो । सम्पूर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरूले आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो