शताब्दी पुरुषको जन्मकुण्डली जलाएर सेलाइयो
आइतबार, ३० असोज २०७९, २० : ०१

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा जलाइएको छ । जाेशीको इच्छा बमोजिम शरीरलाई अस्पतालमा दान दिएपछि उनको जन्मकुण्डलीलाई आइतबार बेलुकी जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएकाे गिरिश गिरिले जानकारी दिएका हुन् ।
जोशीका लुगाफाटा पनि सेलाइएका छन् भने खरानीलाई बागमती नदीमा सेलाइएको उनको भनाइ छ । लामाे समयदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो । जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको थियो ।
पिताको इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी
— Girish Giri (@Birgunj) October 16, 2022
तस्विर: गिरीश गिरी pic.twitter.com/wDDE9jGsWj
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन