हेटौंडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ
आइतबार, ३० असोज २०७९, १८ : १७

मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौंडा ल्याइँदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौंडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट हेटौंडा आउँदै गरेका शाहलाई हेटौंडा १४ स्थित ड्राइभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश ०२-०३-०१८ प ८२४८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ