कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत, कात्तिक १४ गते बुक क्लोज गरिने
आइतबार, ३० असोज २०७९, १८ : ११
![कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत, कात्तिक १४ गते बुक क्लोज गरिने](https://rpcdn.ratopati.com/media/albums/Kumari-Bank-logo_mWiLO854bX.jpg)
कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सोही लाभांश वितरणका लागि बैंकले असोज ३० गते बैठक बस्दै आगामी कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । योसँगै कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको लाभांश लिन योग्य हुने छन् ।
बैंकद्वारा प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत भइसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा
-
हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?
-
माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरेको सांसद बस्नेतको आरोप